गुल्मीका विद्यालयमा मोबाइल प्रतिबन्ध

गुल्मीका विद्यालयमा मोबाइल प्रतिबन्ध

गुल्मीको एउटा स्थानीय तहले शिक्षकहरुलाई कक्षा कोठाभित्र मोबाइल चलाउन प्रतिबन्ध लगाएको छ । छत्रकोट गाउँपालिकाले त्यहाँका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई कक्षा कोठाभित्र मोबाइल फोन चलाउन नदिने निर्णय गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीका अनुसर गत बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । पठन पाठनका क्रममा मोबाइलले प्रत्यक्ष असर गर्ने भएकाले शिक्षकका लागि कक्षा कोठाभित्र र विद्यार्थीलाई विद्यालय हाताभित्र पूर्ण रुपमा मोबाइल तथा फोन लैजान निषेध गरिएको बताए ।

टिप्पणीहरू