आज बबई उर्लिनसक्ने भन्दै सतर्क रहन आग्रह

आज बबई उर्लिनसक्ने भन्दै सतर्क रहन आग्रह

वर्षाका कारण बर्दियामा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

योसँगै कोशी,नारायणी, कर्णाली, कन्काई, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्न सक्ने अनुमान गरिएको छ ।

झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, दाङ, बाँके, सल्यान, रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका क्षेत्र भइ बग्ने साना नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले भनेको छ ।

टिप्पणीहरू