तीजमा पशुपति क्षेत्रभित्र माछामासु र जाँडरक्सी लैजान रोक,जवर्जस्ती गरे कडा कारवाही
हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजलाई लक्षित गरी पशुपतिनाथ मन्दिरमा मासु, मदिरा, नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न पूर्णत: बन्देज गरिएको छ ।
पाशुपत क्षेत्रभित्रको सुरक्षालगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्न जिल्ला प्रशासन कार्यालय काठ्माडौंले यस्तो निर्णय गरेको हो । प्रशासनले सूचना जारी गर्दै आजबाट लागू हुनेगरी मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको जानकारी गराएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) र (ख) अनुसार पशुपात क्षेत्रभित्र ती पदार्थ सेवन र ओसारपसारमा पूर्ण रोक लगाइएको प्रशासनले भनेको छ ।
जसअनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सीमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म ती क्रियाकलाप गर्न नपाइने जनाएको छ ।
तोकिएको चार किल्लाभित्र उल्लेखित कार्य गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
टिप्पणीहरू