माओवादीका स्वास्थ्यकर्मीको कोटेश्वरतिर कुदाकुद
सत्तारुढ नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल नेपाल जनस्वास्थ्य संघको तेस्रो राष्ट्रिय सम्मेलन शुरू भएको छ ।
‘सम्पूर्ण जनस्वास्थ्यकर्मीहरू एक हौं’ भन्ने नाराका साथ माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सम्मेलन शुरु भएको हो । सम्मेलनमा पार्टी जनस्वास्थ्य विभाग प्रमुख तथा पोलिटव्यूरो सदस्य कल्पना धमला,आयोजक संघका संघका अध्यक्ष डा. कृष्णसागर शर्मा, उपाध्यक्ष तेज दुलाल, बसन्त अधिकारी,बामदेव अर्याल, भिमा गौतम,चित्रजंग शाही,कृष्ण खत्री,कानुनलाल चौधरीलगायत जनस्वास्थ संघका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
टिप्पणीहरू