राजधानीमा माओवादी नाजुक भएको प्रचण्डको भनाइ, बालेन शैलीमा चुनाव जित्ने तयारी
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताउनुभएको छ ।
आज पार्टीको उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र भने माओवादीको अवस्था राम्रो रहेको दाबी गर्नुभयो । तराई मधेशमा पार्टी र जनतालाई एकीकृत गर्न सके माओवादीको पक्षमा जनमत आउने उल्लेख गर्दै प्रचण्डले पहाडमा निकै राम्रो रहेको बताउनुभयो ।
काठमाडौँमा पार्टीको अवस्था नाजुक भए पनि समग्र बागमती प्रदेशमा भने सन्तोषजनक रहेको उहाँको निश्कर्ष छ । बागमतीमा कम्युनिष्ट आन्दोलनमा माओवादी पहिलो र एमाले तेस्रो नम्बरमा रहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘माओवादीभन्दा अलिकति बढी बागमतीमा काँग्रेसको राम्रो देखिन्छ ।’
अध्यक्ष प्रचण्डले काठमाडौँमा चुनाव जित्न जनताको ‘सेन्टिमेन्ट’ अनुसार उम्मेदवार छनोटमा ध्यान पुर्याइने पनि उल्लेख गर्नुभयो । काठमाडौँका जनताको ‘सेन्टिमेन्ट’मै खेलेर बालेन साहले मेयर जितेको सन्दर्भ उहाँले उल्लेख गर्नुभयो ।
टिप्पणीहरू