मार्सीमा ब्लास्ट, औषधि खोज्नेको घुईंचो
नेपालको सर्वाधिक अग्लो स्थानमा उत्पादन हुने जुम्लाको मार्सी धानबालीमा ब्लास्ट रोग देखिएको छ । जुम्लाको तातोपानी गाउँपालिका–४ को गौतमवाडामा रोपिएको धानमा ब्लास्ट रोग देखिएको बताइएको छ ।
धानमा ब्लास्ट रोग लागेपछि किसानहरू औषधि खोज्दै कृषि विकास कार्यालय धाउन थालेका छन् । धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको किसानको दुःखेसो छ ।
‘हाम्रो पहिचान बनेको मुख्य धानबाली नै हो । यसको उपचार नभए परिश्रम नै खेर जाने पक्का छ,’ स्थानीय पीडित किसानले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिकहरू धान खेतमै पुगेर निरीक्षण गरिरहेकोे जानकारी दिएका छन् ।
टिप्पणीहरू