४५ वटा अवैध मोबाइल र दुई जना प्रहरीको कब्जामा

४५ वटा अवैध मोबाइल र दुई जना प्रहरीको कब्जामा

भारतबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका मोबाइलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले बालाजु बाइसधाराबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका–४ घर भई गोलढुङ्गा बस्ने २७ वर्षीय प्रकाश थापा र ओखलढुङ्गा लिखु गाउँपालिका–१ को बोहोराटार बस्ने २६ वर्षीय सैलेश कार्की हुन् ।

बालाजु बाइसधारास्थित प्रकाश थापाको एसयूटी पुट टेक्नोलोजी प्रालिमा तलासी गर्दा ४५ वटा मोबाइल फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ती मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेका थापा र कार्कीलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौँ पठाइएको छ ।

टिप्पणीहरू