प्रहरी नियमावलीमा संशोधन,कपाल र नशा फुलेकालाई निषेध
नेपाल प्रहरीको नियमावलीमा संशोधन गरिने भएको छ । पछिल्लो अवस्थालाई ध्यानमा राखेर नियमावलीमा संशोधन गर्न लागिएको हो ।
यसअघि नियमावलीमा उल्लेख भएको सोझै छनौट हुने पदहरुको विद्यमान अवस्थामा फेरबदल गरिएको स्रोतको दाबी छ । असई र जवानको विज्ञापन तथा पदपूर्ति व्यवस्थामा सुधार गर्न प्रधान कार्यालयले समिति बनाएको थियो ।
त्यही समितिले अध्ययन प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनले भर्ना र छनौट प्रक्रिया,अंक भारलगायतका विषयमा परिवर्तन गर्नुपर्ने सुझाव दिएकाले नियमावली संशोधन गर्न लागिएको हो ।
यसअघि इन्सपेक्टरमा ६० प्रतिशत खुल्लाबाट र आन्तरिक प्रतिस्पर्धाबाट ४० प्रतिशतको व्यवस्था थियो । तर अब दुबैतर्फ ५० प्रतिशत हुने गर्न लागिएको छ । नियमावलीमा केही व्याख्यात्मक कुरा पनि लेखिएको बताइन्छ ।
अबदेखि प्रहरीमा उचाई नपुगेका,तौल कम भएका,कपाल र नशा फुलेकालाई भर्ना नलिइने भएको छ ।
टिप्पणीहरू