आफूले ६० र १२० सीट दाबी गरेको प्रचण्डको खुलासा

आफूले ६० र १२० सीट दाबी गरेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठकमा आफूले आगामी संसदीय निर्वाचनमा संघीय सभाको निम्ति ६० र प्रदेश सभातर्फ १२० सीट दाबी गरेको बताउनुभएको छ । उहाँले उपत्यका विशेष प्रदेश समितिको वैचारिक,राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई हिजो सम्बोधन गर्दै उक्त खुलासा गर्नुभएको हो ।

भन्नुभयो, ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनभित्रको सीट बाँडफाँड बुधवारसम्म टुंगो लाग्छ । हामीले आफ्नो अडान छाडेका छैनौं ।’ माओवादीले ६० सीट र नेपाली काँग्रेसले न्यूनतम एक सय सीटको अडान राखेपछि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक र कार्यदलको बैठक बिना निश्कर्ष टुंगिने गरेको छ ।

टिप्पणीहरू