दशैंपछि थिमीमा पनि डोजर लगाइने

दशैंपछि थिमीमा पनि डोजर लगाइने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि अनधिकृत संरचना हटाउने भएको छ । नगरपालिकाले अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । स्वतः नहटाए नगरपालिकाले कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडक तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको, अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएको छ ।’

काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन शुरु गरेपछि त्यसको प्रभाव अन्य नगरपालिकामा पनि देखिन थालेको छ ।

टिप्पणीहरू