आयोजनाबाट जनताले दुःख होइन सुख पाउनुपर्छ : सहरी विकासमन्त्री
सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने बताउनुभएको छ । सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवन उद्घाटन कार्यक्रममा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको बताइएको छ ।
मन्त्री चौधरीले भन्नुभयो, ‘समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजना सञ्चालनमा जनताको मनोविज्ञान बुझ्नुपर्छ, यसबाट जनताले लाभ लिन सकुन्, दुःख पाउन भएन ।’
आयोजनाको प्रारम्भमै जनताको लाभ र हानीको विश्लेषण गर्नुपर्ने उहाँको भनाइ छ ।
टिप्पणीहरू