निलम्बित प्रधानन्यायाधीशसँग बयान लिन माननीयहरु सिंहदरवार पस्न लागे
संसदको महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग बयान लिने भएको छ । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले उहाँलाई बयानको लागि बोलाएको छ ।
सोही समितिले पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । यसअघि भदौ ७ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । बैठक बिहान ११ बजे डाकिएको छ ।
नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको छ । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरुले महाअभियोग लगाएपछि फागुन २३ गते प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको हो ।
संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश राणा निलम्बित हुनुहुन्छ ।
टिप्पणीहरू