बेहुलामा सजिए राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान किरण
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान गोलकिपर किरण चेमजोङ आज विवाह बन्धनमा बाँधिन लागेका छन् ।
लामो समयसम्म प्रेम सम्बन्धमा रहेका किरणले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् । उनी ललितपुरको इमाडोलमा रहेको आफ्नो घरबाट जन्तीसहित बालुवाटारको एउटा पार्टी प्यालेसमा गएका छन् ।
मालदिभ्सको माजिया स्पोर्ट एण्ड रिक्रएसन फुटबल क्लबमा आबद्ध किरणले क्लबले धिवेही प्रिमियर लिगको उपाधि हासिल गरेको खुशीयालीमा प्रेमिका कन्चनसँग विवाहको औपचारिक प्रस्ताव राखेका थिए । मालदिभ्समै इन्गेजमेन्ट गरेर किरणले आमा र प्रेमिका कन्चनसँग केही समय उतै बिताएका थिए ।
टिप्पणीहरू