सहकारी सञ्चालकको सुरक्षा माग, सहकारी मन्त्रालयद्वारा गृहसँग पत्राचार

सहकारी सञ्चालकको सुरक्षा माग, सहकारी मन्त्रालयद्वारा गृहसँग पत्राचार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सञ्चालकलाई सुरक्षा प्रदानको आग्रह गर्दै गृह मन्त्रालयसँग पत्राचार गरेको छ । मन्त्रालयले गृहलाई सहकारी संघ संस्थाले माग गरेअनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन पत्र लेखेको बताइन्छ ।

केही सहकारी संघसंस्थामा बचत रकम फिर्ता तथा ऋण असुलीका क्रममा सहकारीका सदस्यबाटै कर्मचारी तथा सञ्चालकलाई अभद्र व्यवहार एवम् कुटपिटसमेत भएको मन्त्रालयले बताइएको छ ।

सहकारी मन्त्रालयले भनेको छ,‘पछिल्ला दिनमा केही सहकारी संघ संस्थामा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिटसमेत गर्ने गरेको भनि सहकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन लेखि आएकाले सम्बन्धित सहकारी संघसंस्थाले माग गरेका बखत तदअनुरुप आवश्यक सुरक्षा व्यवस्था मिलाइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि पछिल्लो समय ठूला भनाउँदा सहकारी संघ संस्थाका कारण सर्वसाधारण तनावमा छन् । सहकारीका पदाधिकारीहरुले सर्वसाधारणको वचत रकम दुरुपयोग गरेका घटना क्रमशः बाहिर आउन थालेको छ ।

टिप्पणीहरू