भारतको आफ्नै लडाकू पानीजहाज भाेलिदेखि सञ्चालन

भारतको आफ्नै लडाकू पानीजहाज भाेलिदेखि सञ्चालन

भारतमा बनाइएको पहिलो विमानवाहक आइएनएस विक्रान्तको प्रधानमन्त्री नरेन्द्र मोदीले भाेलिदेखि सञ्चालन शुभारम्भ गर्ने जनाइएको छ । कोचीन सिपयार्डमा औपचारिक कार्यक्रम हुने प्राप्त समाचारमा जनाइएको छ ।

भारतीय रक्षा मन्त्रालयका अनुसार विमानवाहक जहाज भारतीय नौसेनाको इन–हाउस युद्धपोत डिजाइन ब्यूरोद्वारा डिजाइन गरिएको हो । यसको निर्माण सार्वजनिक क्षेत्र कोचीन सिपयार्ड लिमिटेडले गरेको हो ।

आईएनएस विक्रान्त अत्याधुनिक स्वचालन सुविधाहरूको साथ निर्माण गरिएको उल्लेख गर्दै भारतीय रक्षा मन्त्रालयले भनेको छ, ‘यो भारतको समुद्री इतिहासमा बनाइएको सबैभन्दा ठूलो जहाज हो ।’

विक्रान्तको प्रयोगपछि भारतसँग दुई वटा विमानवाहक युद्धपोत हुनेछन् । यसले मुलुकको समुद्री सुरक्षालाई बलियो बनाउने भारतको विश्वास छ ।

यसमा रसियानिर्मित मिग–२९ के लडाकू विमान,कामोभ–३१ एयर हेलिकोप्टर,एम एच–६० आर हेलिकोप्टर र स्वदेशमा निर्मित उन्नत किसिमको हल्का हेलिकोप्टर सजिलैसँग अवतरण गर्न सक्छन् ।

यो युद्धपोत २६२ मीटर लामो,६२ मीटर चौडा र ५९ मीटर अग्लो छ ।आईएनएस विक्रान्तमा दुई हजार तीन सयभन्दा बढी कम्पार्टमेन्टहरू छन् । जसमा करिब १७ सय जनाको टोली राख्न सकिन्छ । तीमध्ये महिला अधिकारीहरूलाई छुट्टै क्याबिनको व्यवस्था गरिएको छ ।

टिप्पणीहरू