प्रधानमन्त्री कृषि परियोजनालाई करार कर्मचारी चाहियो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइले ठूलो संख्यामा करार कर्मचारी मागेको छ । परियोजनाले आज सूचनामार्फत कृषि प्राविधिक कर्मचारी छनौटसम्बन्धी कार्यविधि २०७८ बमोजिम १५२ जना करार कर्मचारी माग गर्दै आवेदन दिन भनेको हो ।
जसमा कृषि अधिकृत ३६, पशु विकास अधिकृत ७, नायब प्राविधिक सहायक ८२ र नायव पशु सेवा प्राविधिक २७ जना मागिएको छ । सूचना अनुसार इच्छुक उम्मेदवारले असोज ६ गतेसम्ममा आवेदन दिईसक्नुपर्ने छ ।आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट आवेदन दिन सकिने सूचनामा उल्लेख छ । कर्मचारीको माग संख्या थपघट भएमा संशोधित विवरण वेभसाइट राखिने भनिएको छ ।
टिप्पणीहरू