आज पनि तिब्बती शरणार्थी क्याम्पमा दलाइ लामाको पूजापाठ

आज पनि तिब्बती शरणार्थी क्याम्पमा दलाइ लामाको पूजापाठ

ललितपुरको जावलाखेलस्थित टिबेटियन ह्याण्डिक्राफ्टभित्र रहेको शरणार्थी क्याम्पमा दलाई लामाको फोटोमा पूजापाठ गरिएको छ । आज सेप्टेम्बर २ तारिखका दिन ६२ औं प्रजातन्त्र दिवस भन्दै शरणार्थीहरुले कार्यक्रम मनाएको जिल्ला प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोख्रेलले बताए ।

कार्यक्रममा शरणार्थी शिविरका प्रमुख छेतेन तासीलगायत दुई दर्जन बढी शरणार्थीको उपस्थिति थियो । बिहान साढे ७ बजेपछि भएको कार्यक्रममा उनीहरुले दलाई लामाको फोटोमा खादा चढाएका हुन् ।

टिप्पणीहरू