राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने
राष्ट्रिय सभा बैठक आज दिउँसो बस्दैछ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने संसद सचिवालयले बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ सम्बन्धित विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने कार्यसूची छ ।
उक्त विधेयकलाई आजै गृहमन्त्री बालकृष्ण खाँणले पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जानकारी दिएको छ । हिजो बसेको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देवले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दलले राजनीति गरेको आरोप लगाएका थिए ।
टिप्पणीहरू