एकीकृत समाजवादीको युवा संघले महाकालीबाट थाल्यो अभियान

एकीकृत समाजवादीको युवा संघले महाकालीबाट थाल्यो अभियान

नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालले आजबाट महाकाली–मेची जागरण अभियान थालेको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाबाट अभियान सुरु भएको जानकारी दिइएको छ ।

युवा संघको जागरण अभियान महाकाली नदीको किनारबाट सुरु भएर पूर्वको मेचीमा पुगेर समापन हुने बताइएको छ । मातृभूमिको रक्षा गर्न, गरिबीको अन्त्य र बेरोजगारी हटाउन साथै भ्रष्टाचार रोकथाम गर्ने उद्देश्यका साथ महाकाली–मेची अभियान गरिएको संघले बताएको छ ।

राष्ट्रियताको रक्षा गर्न पुनः देशव्यापी अभियान सञ्चालन गर्नु परेको संघको धारणा छ ।

टिप्पणीहरू