सुडानबाट अढाइ सयको सैन्य टोली फिर्ता
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाली सेनाको एउटा टोली गए मध्यरात स्वदेश फर्केको छ । टोली सेनानी जयराम पाण्डेको नेतृत्वमा फिर्ता भएको जानकारी हो ।
नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २४५६ बाट दुई सय ४६ जना सुडानबाट काठमाडौं फर्केका हुन् ।
टिप्पणीहरू