अफगानिस्तानको प्रलोभनमा विश्वकर्मा ठग्ने म्यानपावर सञ्चालक समातिए

अफगानिस्तानको प्रलोभनमा विश्वकर्मा ठग्ने म्यानपावर सञ्चालक समातिए

आकर्षक तलबमा अफगानिस्तान पठाइदिने प्रलोभनमा सर्वसाधारण ठग्दै आएका एक म्यानपावर सञ्चालक पक्राउ परेका छन् । राप्ती प्लेसमेन्ट सर्भिस प्रालिका सञ्चालक रविन अधिकारीलाई प्रहरीले ठगी आरोपमा समातेको हो ।

चितवनको भरतपुर महानगरपालिका–२१ घर भइ हाल काठमाडौंको बसुन्धरा बस्दै आएका ३९ वर्षीय अधिकारीले टीका विश्वकर्मालाई कामदार भिसामा अफगानिस्तान पठाइदिने बताएका थिए । उनले मासिक एक लाख तलब आउने सुरक्षा गार्डको काम लगाउने विश्वास दिलाइ आठ लाख लिएपछि भागेका थिए । पीडित विश्वकर्माको जाहेरी पश्चात् प्रहरीको खोजीमा रहेका उनी हिजो पक्राउ परेका हुन् ।

अधिकारीलाई नियन्त्रणमा लिएर कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू