प्रचण्ड, माधव, घनश्याम र धर्मेन्द्र एकै ठाउँबाट बोल्ने
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका कम्युनिष्ट पार्टीका नेताहरुले समाजवादबारे वामपन्थी समर्थकहरुलाई प्रशिक्षण दिने भएका छन् ।
माक्र्सवादी ज्ञान केन्द्रको आयोजनामा ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा प्रचण्ड र माधवसँगै एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र विप्लव समूहबाट फुटेर हालै गठन भएको नेकपा (बहुमत) का अध्यक्ष धर्मेन्द्र बाँस्तोला पनि अतिथि हुनुहुन्छ ।
कार्यक्रम पर्सि नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा हुने आयोजकले जनाएको छ ।
टिप्पणीहरू