नागरिकता विधेयक हुबहु पठाउँदा राष्ट्रपतिको अपमान हुन्छ : वामदेव गौतम

नागरिकता विधेयक हुबहु पठाउँदा राष्ट्रपतिको अपमान हुन्छ : वामदेव गौतम

नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पुनः प्रमाणीकरणको लागि पठाउन नहुने बताउनु भएको छ । राष्ट्रिय सभामा पेस भएको विधायन व्यवस्था समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै गौतमले उक्त विधेयक जस्ताको जस्तै शीतल निवास पठाउँदा राष्ट्रपतिको अपमान हुने निश्कर्ष निकाल्नुभएको छ ।

समितिको प्रतिवेदनमाथिको छलफलमा सहभागी गौतमले राष्ट्रपतिले बुँदागत रूपमा उठाएका विषयलाई सम्बोधन गरेर मात्र प्रमाणीकरणको लागी पठाउनुपर्ने धारणा राख्नुभएको हो । राष्ट्रियसभाले उक्त विधेयकलाई विधायन समितिमा पठाउँदा आफूलाई खुशी लागेको बताए पनि गौतमले समितिले समेत राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेकोमा गुनासो गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘विधायन समितिमा विधेयक गयो, राष्ट्रपतिको सन्देशमा उठाइएका हरेक बुँदाको जवाफ समितिले दिने अपेक्षा गरेको थिएँ, ती सन्देश नसुनी, विश्लेषण नगरी पठाउन खोजिएको छ । विधायन समितिले हरेक बुँदामा धारणा बनाउन सक्दैनथ्यो ?’

टिप्पणीहरू