कक्षा १२ मा झण्डै चार लाख उतीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नजिता सार्वजनिक गरेको छ । बोर्डको प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा सामेल भएकामध्ये ४३ जनाको परीक्षा रद्द भएको छ । नियमिततर्फ ३८ जना, ग्रेड वृद्धितर्फ तीन र आंशिकतर्फ दुई जनाको परीक्षा रद्द भएको छ । परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।
कक्षा १२ को नतिजा टेलिफोन र मोबाइलबाट १६०१ डायल गरी निर्देशनअनुसार सिम्बोल नम्बर थिचेर वा एसएमएसबाट NEB टाइप गरी १६०१ मा पठाएर प्राप्त गर्न सकिने बताइएको छ । https//www.neb.net.np बाट पनि नतिजा हेर्न सकिन्छ ।
टिप्पणीहरू