दूतावासका कूटनीतिज्ञको उपस्थितिमा दलाइ लामाको पूजापाठ
काठमाडौंस्थित तिब्बती शरणार्थीहरुले अमेरिकी कूटनीतिज्ञको उपस्थितिमा दलाई लामाको फोटोमा खादा चढाएका छन् । ललितपुरको जावलाखेलस्थित टिबेटियन ह्यान्डिक्राफ्टभित्र रहेको शिविरमा हिजो बिहान दलाई लामाको फोटोमा खादा चढाउँदै पूजापाठ गरिएको छ ।
दूतावासका कायममुकायम उपनियोग प्रमुख मार्क पल,शिविर प्रमुख छेतेन तासी,पूर्वप्रमुख कर्मा दावा,निर्वासित तिब्बती सांसद टासी ढोन्डुप,कर्मा ग्याल्जेनलगायतको उपस्थितिमा उक्त कार्यक्रम भएको बताइएको छ । झण्डै ७० जनाको उपस्थितिमा तिब्बतको ६२ औं प्रजातन्त्र दिवस भन्दै हिजो बिहान साढे ७ बजेदेखि झण्डै ९ बजेसम्म दलाई लामाको फोटो अघिल्तिर पूजापाठ गरिएको थियो ।
त्यसपछि जावलाखेलस्थित अल्का हस्पिटलमाथि चौथो तल्लाको स्नो लाईन फाउण्डेशन कार्यालयमा छेटेन,कर्मा,टासी,कर्मा र पलसहित स्वीटजरल्याण्ड,नर्वे,युरोपियन युनियनका प्रतिनिधिहरुले साढे ९ बजेदेखि ब्रेकफास्ट मिटिङ र छलफल गरेका थिए ।
टिप्पणीहरू