भारतीय दूतावासमा कैलाश सिरोहिया र शुभशंकर कँडेल पालैपालो

भारतीय दूतावासमा कैलाश सिरोहिया र शुभशंकर कँडेल पालैपालो

राजनीतिक दलका नेता झैँ मिडिया हाउसका मालिकहरु पनि भारतीय दूतावासमा पालैपालो छिर्न थालेका छन् ।

लैनचौरस्थित भारतीय दूतावासमा कान्तिपुर पब्लिकेशनका प्रकाशक कैलाश सिरोहिया र एबीसी टेलिभिजनका मुख्य लगानीकर्ता तथा प्रधान सम्पादक शुभशंकर कँडेल पालैपालो गएका हुन् ।

उनीहरु राजदूत नविन श्रीवास्तवसँग कुराकानी गर्न गएको बताइन्छ । सिरोहिया दिउँसो सवा २ बजे त्यहाँ पुगेका थिए । राजदूत श्रीवास्तव र सिरोहियाबीच आधा घण्टा कुराकानी भएको बताइन्छ ।

यसअघि केही दिन पहिले एबीसी टेलिभिजनका शुभशंकर कँडेल पनि त्यसैगरी दूतावास पुगेर राजदूत श्रीवास्तवसँग भेट गरेको स्रोतको दाबी छ ।

टिप्पणीहरू