प्रचण्ड र नारायणकाजीलाई गोरखाको प्रस्ताव,उपेन्द्र यादवलाई मोरङमा स्वागत

प्रचण्ड र नारायणकाजीलाई गोरखाको प्रस्ताव,उपेन्द्र यादवलाई मोरङमा स्वागत

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, गोरखाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गरेको छ । प्रचण्ड यसअघिको निर्वाचनमा चितवनबाट विजयी हुनुभएको हो भने श्रेष्ठ राष्ट्रिय सभा सदस्य हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डले आफू चितवनबाटै उम्मेदवार हुने बताइरहँदा जिल्ला समिति गोरखाले उहाँलाई गोरखा १ मा प्रस्ताव गरेको छ । तर, श्रेष्ठ भने राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर भए पनि प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्ने योजनामा हुुनुभएको बताइन्छ ।

यता,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गोरखा २ बाट इच्छा देखाउनुभएको छ । उहाँले सार्वजनिक रुपमा व्यक्त नगरे पनि आफू गोरखा २ बाट उम्मेदवार बन्ने इच्छा माओवादी अध्यक्ष प्रचण्डसँग पटक पटक राख्नुभएको स्रोतको दाबी छ ।

उता,जनता समाजवादी पार्टीले अध्यक्ष उपेन्द्र यादवलाई मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

टिप्पणीहरू