नक्कली नोट बनाउने व्यक्ति कागजसहित पक्राउ

नक्कली नोट बनाउने व्यक्ति कागजसहित पक्राउ

नक्कली नोट बनाउने कागजको बण्डलसहित नुवाकोटका एक जना सर्लाहीमा समातिएका छन् । नुवाकोटको साविक ककनी गाविस ५, स्थायी घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ३२ वर्षे हिरामान लामा पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालको बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको छ हजार नौ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाहीको गोडैता नगरपालिका ३, सिमरा भगवतीपुरबाट हिजो राति नियन्त्रणमा लिएको हो ।

उनको साथबाट १७ हजार सक्कली रुपैयाँ तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको बताइएको छ ।

टिप्पणीहरू