प्रधानमन्त्री पत्नी आरजु राणा बागलुङ २ बाट सिफारिस, देवीको नाम प्रत्यक्ष र समानुपातिकमा
मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको निम्ति नेपाली काँग्रेस बागलुङले उम्मेदवार छनौट र सिफारिसको प्रक्रिया अघि बढाएको छ ।
बागलुङ क्षेत्र नम्बर २ को नेपाली काँग्रेस क्षेत्रीय समिति बैठकले प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ । डा. राणा यसपटकको निर्वाचनपछि पहिलो महिला प्रधानमन्त्री हुने चर्चा चलाइएसँगै काँग्रेस बागलुङले बेलैमा निकटता जनाउन स्थानीय नेतृत्वले सिफारिस गरेको अर्काथरी काँग्रेसीको भनाइ छ ।
बागलुङ क्षेत्र नम्बर २ गठबन्धन दलहरुबीच भागबण्डा हुँदा पनि नेपाली काँग्रेसकै भागमा हुनुपर्ने मागसहित प्रधानमन्त्री पत्नीलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफासिर गरिएको क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।
काँग्रेसबाट बागलुङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारमा जिल्ला सभापति जितबहादुर शेरचन, गणेश शेरचन एवम् महाधिवेशन प्रतिनिधिहरु टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, संविधान सभा सदस्य नरबहादुर पुन, पूर्व महासमिति सदस्य रामप्रसाद आचार्य, डा. शान्तराज आचार्य, महाधिवेशन प्रतिनिधि सिंहबहादुर रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । समानुपातिकतर्फ जिल्ला उपसभापति तारानाथ पौडेल, महाधिवेशन प्रतिनिधिहरु तुलासिंह घर्ती, देवीप्रकाश भट्टचन र रेनुका काउचा मगरलाई सफारिस गरिएको छ ।
टिप्पणीहरू