परासी पुग्यो युवा संघको युवा जागरण अभियान
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालद्वारा सञ्चालित महाकाली–मेची युवा जागरण टोली परासी पुगेको छ । ‘भ्रष्टाचार र अनियमितताको आधार–भड्किलो र खर्चिलो निर्वाचन बहिष्कार’ भन्ने मूल नारासहित उनीहरू आज तेस्रो दिन लुम्बिनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रबाट कपिलवस्तु, बुटवल हुँदै परासी पुगेको हो ।
दाङको लमही बजारमा निकालिएको मोटरसाइकल र्यालीपछि अभियान कार्यक्रम कोणसभामा परिणत भएको थियो । लमहीबाट प्रदेश राजधानी भालुवाङ पुगेर संघको केन्द्रीय र स्थानीय नेतृत्वले पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालको अपिल वितरण गरेको बताइएको छ ।
टिप्पणीहरू