उपेन्द्रले गरे तामाङ संघ घोषणा
बाबुराम भट्टराई पक्ष पार्टीबाट बाहिरिएलगत्तै संगठन पुनर्गठन अभियानलाई तीब्रता दिएको जनता समाजवादी पार्टी (जसपा)ले समाजवादी तामाङ संघ केन्द्रीय समिति घोषणा गरेको छ ।
हिजो पार्टी केन्द्रीय कार्यालय बालकुमारीस्थित ट्रेड युनियन महासंघको सभाहलमा आयोजित भेलाले समिति घोषणा गरेको हो । समाजवादी तामाङ संघका अध्यक्ष जय गोले तामाङ, पार्टीका कार्यकारिणी सदस्य रणध्वज लिम्बू, बाग्मती प्रदेश सह-अध्यक्ष लाल बहादुर तामाङलगायत झन्डै पाँच दर्जन तामाङ नेता-कार्यकर्ता भेलामा उपस्थित थिए ।
टिप्पणीहरू