बोर्डर नजिकै स्कुल उद्दघाटन गर्दै भारतीय राजदूत
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले रुपन्देहीमा एक विद्यालयको भवन उद्धघाटन गरेका छन् । भारत सरकारको अनुदान सहयोगमा निर्मित रोहिणी गाउँपालिका धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालय तथा प्रयोगशाला भवन गृहमन्त्री बालकृष्ण खाँण र राजदूत श्रीवास्तवले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
भारत स्वतन्त्र भएको ७५ वर्षको अवसरमा भारत सरकारले अघि सारेको अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्ये विद्यालय भवन एक रहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।
विद्यालय तथा प्रयोगशालाको उद्धघाटनका लागि राजदूत श्रीवास्तव अस्ति १८ गते बुद्धएयरको जहाज चढेर काठमाडौँबाट भैरहवा गएका थिए ।
टिप्पणीहरू