टोखामा पनि सार्वजनिक जग्गा खोज्न थालियो

टोखामा पनि सार्वजनिक जग्गा खोज्न थालियो

काठमाडौंको टोखा नगरपालिकाले पनि सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने भएको छ । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न निर्देशन दिएको छ ।

सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले बताए ।

नगरपालिकाले गत भदौ ९ गतेको बैठकमा गरिएको निर्णयानुसार अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सूचना जारी गरिएको हो ।

उनकाअनुसार नगरपालिकाका सम्पूर्ण वडा कार्यालयलाई ३५ दिनभित्र अनधिकृत संरचना हटाउन सूचना जारी गरी नगरवासीलाई सूसुचित गराउन निर्देशन दिइएको छ ।

टिप्पणीहरू