औषधिमा मकैको चरम लापरवाही

औषधिमा मकैको चरम लापरवाही

चिकित्सकको सिफारिसबिना औषधि बेचेको आरोपमा एक जना फार्मेसी सञ्चालक समातिएका छन् । काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित उदय मेडिकल हलका सञ्चालक सत्यश्वर मकैलाई प्रहरीले नियन्त्रित औषधिसहित रंगेहात पक्राउ गरेको छ ।

उनले चिकित्सकको प्रेस्क्रिप्सनबिनै औषधि बेच्ने गरेको गुनासो बढेपछि प्रहरीले छापा मारेको हो । मेडिकल हलबाट मोकोन–पी ६५ थान ट्याब्लेट, कोफ्टाब ३१ थान ट्याब्लेट, डिसी क्लोमिन ट्याब्लेट बिपी स्पास्मो एन्टिस्पास्मोडिक एक हजार एक सय २० थान, गाबावेल–१५० चार सय चार थान, स्टागन–२५ एक हजार ६ सय ४३ थान र डी–कोफ एक हजार दुई सय ८० थान ट्याब्लेट बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउ परेका मकैलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुली बजार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

टिप्पणीहरू