बालेनको डोजर गोंगबु बसपार्कमा दौडियो
काठमाडौँ महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रमा खडा गरिएका अवैध संरचना हटाउन डोजरको प्रयोग गरेको छ । फुटपाथ मिचेर बनाइका अवैध संरचना हटाउने महानगरको अभियानले आज पनि तीव्रता पाएको छ ।
फुटपाथ व्यापार, अवैध संरचना, डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई महानगरले अभियानकै रूपमा अगाडि बढाएको छ । हिजो मात्रै कोटेश्वर क्षेत्रको अनधिकृत संरचना हटाएको महानगरको टोली आज डोजर लिएर गोंगबु बसपार्क क्षेत्रमा पुगेको हो ।

टिप्पणीहरू