आज २२१ जना संक्रमित, २०६ जना निको
पछिल्लो २४ घण्टामा देशभर दुई सय २१ जना कोरोनाका संक्रमित थपिएका छन् । चार हजार ५८ जनाको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय १९ जनाको पिसीआर परीक्षणमा १२२ र २५ सय ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जना संक्रमित थपिएका हुन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४४ जना रहेको छ ।
सोही अवधिमा २०६ जना कोरोना संक्रमित निको भएका छन् । आज कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।
टिप्पणीहरू