अन्त लागेपछि एकीकृत समाजवादी,गुल्मीका दुई नेता निश्कासित

अन्त लागेपछि एकीकृत समाजवादी,गुल्मीका दुई नेता निश्कासित

नेकपा (एकीकृत समाजवादी) गुल्मीले पदीय दुरुपयोग गरेको भन्दै दुई जना नेतालाई कारवाही गरेको छ।एकीकृत समाजवादी र नेकपा एमालेवीच एकता घोषणा भएको भनी पार्टी हित विपरीत कार्य गरेको भन्दै गणेश खनाल र नरेश भण्डारीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताइएको हो ।

विज्ञप्तिमा भनिएको छ,’ उक्त दुई व्यक्तिबाहेक संस्थापक अध्यक्ष श्रीराम महतसहित सिङ्गो पार्टी एक ढिक्का रहेको छ। पार्टी सदस्य,समर्थक, शुभेच्छुक तथा आम मतदातालाई कुनै पनि भ्रममा नपर्न,’ सो पार्टीले विशेष आग्रह गरेको छ।

दुई जना व्यक्ति टिका लगाएर एमालेमा प्रवेश गरेको विषयलाई पार्टी एकताको घोषणा भन्नु खेदजनक भएको एकीकृत समाजवादी गुल्मीले विज्ञप्तिमा जनाएको हो ।

टिप्पणीहरू