लिज ट्रस भोलिदेखि बेलायतको प्रधानमन्त्री
सत्ताधारी कञ्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री हुने पक्का भएको छ । हाल विदेशमन्त्री समेत रहेकी ट्रस आज कञ्जरभेटिभ्स पार्टीको नेतामा निर्वाचित भएपछि भोलि प्रधानमन्त्रीमा नियुक्त हुने भएकी हुन् ।
कञ्जरभेटिभ्स पार्टीको नेतृत्व चयनका लागि भएको निर्वाचनमा ट्रसले बाजी मारेपछि बेलायती प्रधानमन्त्री बन्ने मार्ग पक्का भएको बीबीसीले जनाएको छ ।
उनका प्रतिस्पर्धी भारतीय मूलका अर्का ऋषि सुनक भने पराजित भएका छन् । बेलायतको तल्लो संसदमा कञ्जरभेटिभ्स पार्टीको एकल बहुमत छ । संसदमा बहुमत हुने पार्टीको नेता प्रधानमन्त्रीका लागि योग्य हुने भएकाले ट्रसको सुनिनिश्चितता भएको हो ।
४७ वर्षीया ट्रस नयाँ प्रधानमन्त्री भएपछि देशको कमजोर अर्थतन्त्रको चुनौती नै पहिलो सामना हुने बेलायती अर्थविद्हरुको निश्कर्ष छ ।
यसअघि मार्गरेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनिसकेका छन् । योसँगै अब ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्ने छिन् ।
टिप्पणीहरू