महिला खेलाडी आज भुटानसँग भिड्दै

महिला खेलाडी आज भुटानसँग भिड्दै

महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौँमा शुरु हुँदैछ । आजको पहिलो खेलमा आयोजक नेपालले भुटानसँग पहिलो खेल खेल्न लागेको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुकी साढे पाँच बजेबाट शुरु हुनेछ ।

तुलनात्मक रूपमा कमजोर मानिएको भुटानलाई हराउँदै नेपाल च्याम्पियनसिपको सुखद सुरुवात गर्न चाहन्छ । घरेलु मैदानमा हुन लागेको यस महिला साफ च्याम्पियनसिपको उपाधि उचाल्ने नेपालले पहिलो लक्ष रहेको बताएको छ ।

चार पटकसम्म फाइनल खेलेको नेपाल यसअघि विराटनगरमा भएको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामै सीमित भएको थियो ।

हिजो भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक कुमार थापाले आफ्नो टिम खेलको लागि तयार रहेको बताएका थिए । महिला साफ च्याम्पियनसिपको यो छैटौँ संस्करण हो ।

टिप्पणीहरू