भारतीय सेनाध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा

भारतीय सेनाध्यक्ष प्रधानमन्त्री निवास बालुवाटारमा

पाँच दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा अस्तिदेखि नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाण्डे र उहाँको टोलीले आज बिहान माउण्टेन फ्लाईटबाट हिमालको दृश्यावलोकन गर्नुभएको थियो ।सोलुखुम्बुबाट फर्केपछि उहाँ शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरेर अपरान्ह बालुवाटार पुग्नुभएको हो । आज साँझ उहाँले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

भोलि बिहान मुक्तिनाथ मन्दिरको दर्शन गरेर पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड हेड क्वार्टरको भ्रमण गर्ने बताइएको छ ।

टिप्पणीहरू