तामाकोसीमा पौडी खेल्न गएकाको डुबेर प्रणान्त
तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर रामेछापका एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खाँडादेवी गाउँपालिका–४ पुछिघाटका १९ वर्षीय रामकुमार माझीको नदीमा डुबेर मृत्युु भएको हो ।
माझी हिजो दिउँसो मन्थली नगरपालिका–७ ओडारेस्थित तामाकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनको शव पोष्टमार्टमका निम्ति जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू