सुब्बाले सुराकी गरेको नेकपा (बहुमत) को आरोप
सडक डिभिजन कार्यालय, पाल्पाका सुब्बा टोमराज अर्याललाई नेकपा (बहुमत) ले सुराकी गरेको आरोप लगाएको छ । सडक डिभिजन कार्यालय पाल्पामा कार्यरत अर्यालले पार्टी नेता तथा कार्यकर्ताको सुराकी गरेको भन्दै पार्टी कार्यालयमा उपस्थित हुन आदेश दिँदै अन्यथा, कारबाही गर्ने चेतावनी दिइएको छ ।
हिजो लेखिएको पत्रमा अर्यालले पार्टीको अभियानलाई विषयान्तर बनाई सूचना पठाउने सुराकीको काम गरेको आरोप लगाइको छ । हिजोका दिनमा मालपोत कार्यालयमा रहँदा र आज सडक कार्यालयमा छँदा पनि उक्त कार्य नरोकिएको बहुमतको आरोप छ ।
जिल्ला समिति पाल्पाका प्रमुख ज्वालाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको सञ्चालन मार्फत् नयाँ जनवादी कार्यभार पूरा गर्दै जनगणतन्त्र नेपाल स्थापना गरी वैज्ञानिक समाजवाद स्थापना गर्न अनवरत खट्ने क्रममा तपाई विगतमा रहनुभएको जिल्ला मालपोत कार्यालय पाल्पा हुँदै सडक डिभिजन कार्यालय, पाल्पाको प्रशासनमा रहँदा हाम्रो पार्टीको भेटघाट तथा राजनीतिक अन्तर सम्वादलाई विषयान्तर बनाई सूचना पठाउने सुराकीको काम गर्नुभएकोले तपार्ईंसित आवश्यक सोधपुछ गर्नुपर्ने भएको हुँदा हाम्रो न्याय विभागमा दुई दिनभित्र उपस्थित भईदिनुहुन अनुरोध गर्दछु । अन्यथा आवश्यक कारवाही गरिने अवगत गराउन चाहन्छु ।’
टिप्पणीहरू