क्रिकेट कप्तान सन्दीप लामिछानेले तिलगंगाको होटलमा बालिका “बलात्कार” गरेको प्रहरीद्वारा पुष्ट्याई

क्रिकेट कप्तान सन्दीप लामिछानेले तिलगंगाको होटलमा बालिका “बलात्कार” गरेको प्रहरीद्वारा पुष्ट्याई

हाल विदेशमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुध्द जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्षभन्दा कम उमेरकी बालिकासङ्ग उठबस गरेको अभियोगमा उनीविरुध्द महानगरीय प्रहरी परिसर, टेकुमा हिजो जाहेरी परेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

प्रहरीले पीडित भनिएकी बालिकाको मेडिकल परीक्षण गराइसकेको छ ।

लामिछानेले दिनभर नगरकोट घुमाएर केन्यातर्फ उड्नु अघिल्लो रात तिलगङ्गास्थित यौटा होटलमा लगेर सहवास गरेको पुष्टि भएको प्रहरीले बतायो । स्वास्थ्य परीक्षणबाट बालिकासँग शारीरिक सम्पर्क गरिएको पुष्टि भएको रिपोर्ट आइसकेको प्रहरीले जानकारी दिएको छ ।

लामिछाने अहिले क्रिकेट प्रतियोगिताको क्रममा वेष्ट इण्डिजमा छन् । तर,उनी जहाँ भए पनि उक्त मुद्दा प्रक्रियामा जाने र काठमाण्डौ विमानस्थलमा पाइला टेक्नासाथ हिरासतमा लिइने प्रहरीको भनाइ छ ।

यता महिलाको विषयमा धारणा राख्दै आएकी समाजशास्त्री निर्मला ढकालले सामाजिक सञ्जालमा सेलिब्रिटी भन्नुको अर्थ नाबालिक केटाकेटी र सोझासाझा फ्यानमाथि हैकम जमाउनु होइन भनेर लामिछाने र हाल जेलमा रहेका अभिनेता पल शाहतर्फ संकेत गरेकी छन् । उनी लेख्छिन्, ‘अर्को पात्र पनि सकिने भएछ,यस्ता घाँस फाँडिएकै राम्रो ।’

टिप्पणीहरू