आज मिडिया काउन्सिल विधेयक पारित गरिँदै
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बोलाइको छ । बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारितको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि सदनमा दफावार छलफल गरियोस् प्रस्ताव पेस गर्ने र छलफलपछि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।
कार्यसूचीमा नेकपा एमालेका सांसद भीमबहादुर रावलले ‘माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न÷गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवद्र्धन गर्न आवश्यक भएकाले’ भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको ध्यानाकर्षण गर्ने तयारी गर्नुभएको छ ।
सो सम्बन्धमा सांसद यज्ञबहादुर बोगटी र राजबहादुर बुढा क्षेत्रीले स्पष्टीकरण माग्ने संसद् सचिवालयको कार्यसूचीमा उल्लेख छ ।

टिप्पणीहरू