चट्याङ लागेर कालिमायाको प्रणान्त
मकवानपुरमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर हिजो साँझ स्थानीय ६२ वर्षीय कालीमाया स्याङतानको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बारीमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको हो । चट्याङ लागेर घाइते भएकी कालिमायाको अस्पताल लैजाने क्रममा निधन भएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू