सडक छेउछाउका घरवालासंग महानगरद्वारा नक्सा माग
अवैध संरचनामाथि डोजर लगाउने काठमाडौँका मेयर बालेन साहको शैली पच्छ्याउँदै वीरगञ्ज महानगरपालिकाले पनि सडकको दायाँबायाँ घर भएका धरधनीहरुसंग नक्सा मागेको छ ।
वीरगञ्ज महानगरले १ नम्बर मेनरोड उत्तर गण्डकचोकदेखि दक्षिण शंकराचार्य गेटसम्म निर्माण भएका घरहरुको नक्सा उपलब्ध गराउन घरवालाहरुलाई भनेको हो । मेनरोड उत्तर गण्डक चोकदेखि पावरहाउस,घण्टाघर, माईस्थान, महावीरस्थान, आदर्शनगर, अलखिया मठमन्दिर, विर्ता मन्दिर, सिगरेट फ्याक्ट्री गेट, नारायणी अस्पताल, वीरगञ्ज भन्सार कार्यालय हुदैं दक्षिण शंकराचार्य गेटसम्म रोड छेउछाउ बनेका घरहरुको नक्सा मागिएको छ ।
महानगरपालिकाले नक्सा स्वीकृत भए–नभएको सोको प्रमाणसहित ३५ दिनभित्र भवन निर्माण तथा इजाजत शाखा (नक्सा शाखा) मा उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको समयभित्र उपस्थित नभएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम कारबाही हुने महानगरको चेतावनी छ ।
टिप्पणीहरू