अध्यक्षको चाकडी गर्नेले उहाँको रक्षा गर्न नसक्ने जनार्दनको ठहर
नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले आफू उपमहासचिव नभएको रहस्य खोल्नुभएको छ । आज पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको युवा फोर्स घोषणा कार्यक्रममा शर्माले उपमहासचिव पद अस्वीकार गर्दै आफू संगठन विभाग प्रमुख मात्रै भएको जानकारी दिनुभएको छ ।
अर्थमन्त्रीसमेत रहनु भएका शर्माले महासचिव पदमा चर्को दाबी गर्दै आउनु भएको थियो । तर पार्टीभित्रको शक्ति सन्तुलनलाई व्यवस्थापन गर्न भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिवमा सिफारिस गर्नुभएको थियो । अध्यक्षको उक्त निर्णयप्रति नेता शर्माले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको बताइन्छ ।
कार्यक्रममा आफू संगठन विभाग प्रमुखको हैसियतमा मात्रै बोल्न उभिएको बताउँदै शर्माले भन्नुभयो, ‘म नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना र रक्षा दुबै गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडीले हुँदैन ।’
टिप्पणीहरू