काँग्रेसको चुनावी घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री शर्मालाई

काँग्रेसको चुनावी घोषणापत्र तयार गर्ने जिम्मा महामन्त्री शर्मालाई

नेपाली काँग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि समिति गठन गरेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र तयारी समिति गठन गरिएको हो ।

आज प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गर्नुभएको छ । जसअनुसार संयोजक शर्माले आसन्न निर्वाचनका लागि पार्टीको घोषणापत्र तयार गर्नुपर्ने छ ।

यसअघि स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री गगनकुमार थापाले तयार गर्नुभएको थियो ।

टिप्पणीहरू