अफ्रिकी मुलुक युगाण्डा पनि बाढी पहिरोको चपेटामा
लगातारको वर्षापछि अफ्रिकी मुलुक युगाण्डामा गएको पहिरोमा १५ जनाको ज्यान गएको छ । दक्षिणपश्चिमको दुर्गम कसेसेमा गएराति गएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।
युगाण्डाको रेडक्रसले पहिरो प्रभावित क्षेत्रबाट १५ जनाको शव निकालिएको जानकारी दिएको छ । मृत्यु हुनेमा अधिकांश महिला र तिनका बालबालिका छन् ।
सोही स्थानबाट छ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूको कासेसेको सेन्ट पल अस्पतालमा उपचार भइरहेको रेडक्रसले जनाएको छ ।
कंगोको सीमाना नजिकै रहेको कसेसेमा वर्षायाममा पहिरो खस्ने समस्या चर्को छ । रेडक्रसका अनुसार युगाण्डका पुलिस र अन्य अधिकारीहरूको उद्धार कार्य जारी छ ।
टिप्पणीहरू