प्रचण्डका स्वकीय सचिव सल्यानबाट सिफारिस

प्रचण्डका स्वकीय सचिव सल्यानबाट सिफारिस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लको नाम पनि सिफारिस भएको छ । पार्टी जिल्ला समन्वय समितिको हिजो बैठकले आसन्न प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि उनको नाम सल्यानबाट छनोट गरेको हो ।

माओवादीले अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका मल्लसँगै अर्का टेकबहादुर बस्नेतको नाम सिफारिस गरेको बताइएको छ ।

यसैगरी प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ कमल विक, दिलमाया बुढामगर र रत्नबहादुर वलीलाई सिफारिस गरिएको समिति सचिव निमबहादुर केसीले जानकारी दिए । उनका अनुसार प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ भीमप्रकाश शर्मा र ‘ख’ मा चित्रबहादुर केसीको नाम राखिएको छ ।

प्रदेशसभा सदस्यको समानुपातिकतर्फ ‘क’ कल्पना पुन, टीका बुढाथोकी, तिलक कुमार, धर्मे बुढाथोकी र ‘ख’ बाट नवीन सिंह पौडेल, मञ्जु यरी, राधा शर्मा घर्ती, रुद्रबहादुर घर्ती र लक्ष्मी बोहोरालाई सिफारिस गरिएको छ ।

टिप्पणीहरू